Erani Mahal
देशभर मतदानमा उत्साहजनक सहभागिता
dinesh thapaliya1652408160
पाल्पा । बिहान ७ बजेदेखि सुरू भएको स्थानीय तहको निर्वाचनमा देशभर उत्साहजनक सहभागिता देखिएको छ । केही छिटपुट घटनाबाहेक उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । देशका विभिन्न स्थानमा बिहानैदेखि मतदाता भोट हाल्न मतदान केन्द्र पुगेका छन्। कतिपय स्थानमा बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन्। बिहान ७ बजेदेखि शुरु भएको मतदाता साँझ ५ बजेसम्म चल्नेछ। देशभर एक करोड ७६ लाख ३३ हजार ७२३ मतदाता छन्। बिहान ८ बजे अगाडिनै अधिकांश शीर्ष नेता तथा प्रमुख उम्मेदवारहरूले मतदान गरिसकेका छन् । अहिले पनि देशभरका मतदान केन्द्रहरुमा मतदाताकाे बाक्लाे लाइन रहेकाै छ । संघीय व्यवस्थापछि दाेस्राे पटक स्थानीय तहकाे निर्वाचन भएको हाे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update