Erani Mahal
लुम्बिनीसहित देशका केही स्थानमा वर्षाको सम्भावना
1577780170mausam_newskarobar-1024x620
काठमाण्डौं – आज र भोलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update