Erani Mahal
पाल्पामा नयाँ दर्ता गराएका मतदाताहरुको मतदान परिचय पत्र वितरण सुरु
280367049_547826613370775_8016927212675280532_n
पाल्पा – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाता दर्ता गराएकाहरुको मतदान परिचय पत्र वितरण सुरु भएको छ । जिल्ला निर्वाचन कार्यलय पाल्पाले आज र भोलि मतदाता परिचय पत्र सम्बन्धित निर्वाचन स्थलमा गई आफ्नो मतदाता परिचय पत्र लिन सकिने बताएको छ । जिल्ला निर्वाचन कार्यलय पाल्पाले जिल्लाका दुई सय ४७ मतदान केन्द्रमा खटिने चार सय ९५ मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ मतदान परिचय पत्र वितरण सुरु गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update