Erani Mahal
कालीगण्डकी नदीमा दुई पुरुष मृत अवस्थामा फेला
dath
स्याङ्जा- कालीगण्डकी नदीमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । गल्याङ नगरपालिका १ परेवा भिरभन्दा मुनी कालीगण्डकी नदीमा भारत लखनउ घर भएका २४ वर्षीय ताहिर खान सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी गत बिहीबार गल्याङ नगरपालिका १ राम्दिस्थित कालीगण्डकी नदी किनारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । त्यसैगरी रम्भा गाउँपालिका १ गुरुकुलस्थिल कालीगण्डकी नदीको किनारमा भारत लखनउ घर भएका २२ वर्षीय बिलाल अहमत पनि सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update