Erani Mahal
तानसेनमा ‘आँगन सुपथ पसल’ सञ्चालन
IMG_6715
पाल्पा – जिल्लाको सदरमुकाम तानसेनमा ‘आँगन सुपथ पसल’ सञ्चालनमा आएको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा आँगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ मुल्यको पसल सञ्चालन गरेको हो । सुपथ पसल खुलेपछि महङ्गीको मारमा परेका तानसेनका उपभोक्तालाई राहत मिल्ने विस्वास गरिएको छ । उपभोग्य बस्तुको बजार मुल्यमा देखिएको असन्तुलनलाई सन्तुलन गर्न र महङ्गी नियन्त्रण गर्न सुपथ मुल्यको पसलले सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । सुपथ मुल्यको पसलले व्यापारिक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुनेछ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने अध्यक्ष भट्टराईले बताउनुभयो । स्थानीय स्तरमा उत्पादन भएका बस्तुलाई प्राथमिकता दिएर बिक्री कक्ष बनाइने उहाँले बताउनुभयो । तानसेन नगरपालिकाको नौँ लाखसहित करिब २५ लाख लगानीमा पसल सञ्चालन गरिएको सहकारीले जनाएको छ । सहकारीले उपभोक्ताको मागअनुसारका दैनिक उपभोग्य बस्तु तथा सामग्री घरमै पु¥याउने व्यस्थासमेत गरेको सहकारीका सचिव मिलन विश्वकर्माले बताउनुभयो । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्युनीकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ मुल्यको पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । नगरपालिकाले चार लाख अनुदान र पाँच लाख बिउपूँजीको रुपमा नगद सहयोग गरेको थापाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update