Erani Mahal
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै
weather_RVqYOBcMX6
काठमाण्डौ – अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update