Erani Mahal
काङ्ग्रेससहितको गठबन्धनका उम्मेदवार चुनावी अभियानमा
IMG_2467
पाल्पा – पाल्पामा सत्ता गठबन्धनका दलहरू घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलीय गठनबन्धन दलहरू आ–आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् । जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् । उनीहरूले विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरु समक्ष आग्रह गरेका छन् । काँग्रेसको नेतृत्वमा विहीबार रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा घरदैलो कार्यक्रम भएको छ । नेपाली काँग्रेसको तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका रुक्मागत भट्टराई, माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार दान बहादुर पौडेल लगायतको टोलीले घरदैलो गर्नुभएकाे छ । उनीहरूले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरुसँग अपील गर्नुभएकाे छ । तानसेन नगरपालिकामा पनि घलदैलो अभियान सञ्चालन भएको छ । विहीबार वडा नं ५ को कैलाश नगरमा गठबन्धन दलले घरदैलो गरेको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेका सन्तोष लाल श्रेष्ठ, उपमेयरमा माओवादी केन्द्रकी प्रतिक्षा सिङ्जालीले मतदाताहरुसँग तानसेनको समग्र विकास लागि लागि आफुहरुको टिमलाई विजयी गराउन आग्रह गर्नुभयाे । यस्तै माथागढी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार सन्तोष थापा मगर,उपाध्यक्ष पदको उम्मेदवार विजया भट्टाई, वडाध्यक्षहरु मतदाताहरुको घरमै पुगेर मत माग्नुभएकाे छ । उनीहरुले – वडा न. ५ हात्ती लुङ ढाडकोन, वडा नं ६ गोठाडीको अर्गले, सिम्ले, चारघरे, कुम्भि, टोक्लोक्दी र दह लगायतका टोलमा मतदाहरुसँग भेटघाट गरेका छन् । उम्मेदवारहरुले गाउँपालिकाको समृद्धि र नागरिकको जीवनस्तर उकास्न नेपाली काँग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् । रामपुर नगरपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् । तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update