Erani Mahal
एमालेका उम्मेदवार तानसेनमा घरदैलाे गर्दै
Uml tansen
पाल्पा – निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू घरदैलोमा जान थालेका छन् । जिल्लाको विभिन्न स्थानमा एमालेका उम्मेदवारहरू प्रतिबद्धतापत्रसहित मतदाताको घर–घरमा पुगेका हुन् । यसैबीच तानसेन–३, मा एमालेको तर्फबाट उम्मेदवार बनेका नेताहरू घरदैलोमा पुगेका छन् । तानसेन–३, मा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार महेशलाल शाक्य, खुल्ला सदस्यहरू थानीमाया सोमै, विना केसी, महिला सदस्यमा रेनुका बस्याल र दलित महिला सदस्यमा सरस्वती बुढाथोकीसहितका नेता कार्यकर्ता मतदाताको घरमा पुग्नुभएको हो । [caption id="attachment_25266" align="alignnone" width="768"] तस्विर सहयाेग : यादवराज शर्मा ।[/caption] तानसेन वडा नं. ३ को अप्पुभिलेज, बसन्तपुर, हरिभवनटोललगायतका स्थानमा घरदैलोमा पुगेको र मतदातालाई आफ्नो चुनावी एजेण्डाबारे जानकारी दिएको वडा अध्यक्षका उम्मेदवार शाक्यले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update