Erani Mahal
साहित्यकार पन्थकाे  कविता संग्रह विमाेचन
rr
पाल्पा - साहित्यकार टंक पन्थद्वारा रचित कविता संग्रह 'समय प्रश्न' काे विमाेचन गरिएकाे छ । बिहीबार तानसेनस्थित धवल पुस्तकालयमा एक समाराेहका बीच उक्त कविता संग्रह विमाेचन गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा, विशिष्ठ अतिथि साहित्यकार नीलकण्ठ न्यौपाने तथा कृतिका समीक्षक डा शंकर गैरैले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको हो । कृतिको विमोचन गर्नुहुँदै कार्यक्रमका प्रमुख अथिति चोलेश्वर शर्माले साहित्य इतिहास देखाउने माध्यम रहेको बताउँदै भोलिको समाज कता जादैछ ? भन्नेकुरालाई पनि निर्देशित गर्ने बताउनुभयो । कार्यक्रममा बिशिष्ठ अथिति नीलकण्ठ न्योपानेले साहित्य समाजलाई हिडाउने महत्वपूर्ण माध्यम रहेको बताउदै पन्थको यो कृतिले वर्तमान समयलाई प्रश्न गरिरहेको बताउनुभयो । कृतिका समीक्षात्मक मनतव्य राख्नुहुँदै साहित्यकार डा. शंकर गैरेले पन्थको यो कृति निकै नै समय सापेक्ष रहेको बताउँदै वर्तमान मानिसले भोगेकाे समस्याहरू नियाल्न कवि पन्थ सफल रहेको बताउनुभयो । कृतिका सर्जक पन्थले ज्ञानको क्षितिज फराकिलो पार्नका निम्ति साहित्यको महत्वपूर्ण भूमिका रहने बताउँदै निरन्तरको साधनाले व्यक्तिलाई परिष्कृत गर्ने बताउनुभयो । कवि पन्थले छन्दको यान्त्रीक अनुशासनमा बाँधिनुपर्दा भाव र विचारको पाटो शिथिल भएको हुनसक्ने बताउँदै यसको कसी लगाउने पाटो पाठकलाई छोडेको बताउनुभयो । विमाेचन समाराेहमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, पोखराथोक साहित्य संगमका अध्यक्ष हरी भट्टराई, साहित्यकार मिलन समीर लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा साहित्यकारहरू भावना खनाल, किशाेर अनुपम, तुल्सीराम न्याैपाने, विष्णु पन्थलगायतले कवि पन्थकाे कविता वाचन तथा गायन गर्नुभएकाे थियाे । १०८ वटा कविता रहेको 'समय प्रश्न' कृति विमोचन कार्यक्रम धवल पुतकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता र काेषाध्यक्ष सन्तोष खनालको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update