Erani Mahal
चट्याङले निस्दीकाे वन कार्यालयमा क्षति
bb
पाल्पा - बिहीबार साँझ परेको चट्याङले निस्दी सव डिभिजन बन कार्यालयको विधुतीय सामग्रीमा क्षति पुर्‍याएको छ । निस्दी गाउँपालिका-४, मित्याल स्थित कार्यालमा रहेको डेक्सटप, ल्यापटप, प्रिन्टर, इन्भटरका साथै नेटको राउटर एक-एक थान पुर्णरुपमा क्षति भएको कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयाे । सोलारपावरको प्यानलमा समेत क्षति पुर्‍याएको अधिकारीले बताउनुभएको छ । यसरी क्षति भएको विधुतीय उपकरणको मुल्य करिब ३ लाख बराबर रहेको छ । बिहीबार बेलुका ६ बजेतिर चट्याङसहित परेको असिना पानीले अन्य धेरै ठाउँमा नोक्सान पुर्‍याएको बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update