Erani Mahal
वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस
election_commission_3_IQNin2vpEg
काठमाण्डौ – निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र भौतिक संरचना मतदानका लागि उपयोग गर्न २८ देखि ३० गतेसम्म उपलब्ध गराउन सङ्घीय मन्त्रालयमर्फत पालिकालाई लेखेर पठाउने पनि निर्णय गरेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update