Erani Mahal
तानसेन – रानीमहल सडक आजदेखि बन्द !
Ranimahal
पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहलसम्म जोड्ने सडकखण्ड आजदेखि वैशाख २१ गतेसम्म बन्द हुने भएको छ । तानसेन रानीमहल सडकखण्ड कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ । निर्माण व्यवसायीले गुणस्तरीय सडक निर्माण गर्न, कालेपत्रे गुणस्तरीय बनाउन, विग्रिएका स्थानमा मर्मत सम्भारका लागि जिल्ला प्रशासन र पूर्वाधार कार्यालयसँग अनुरोध गरेपछी कार्यालयले एकहप्ते सार्वजनिक सूचना मार्फत सडक पूर्ण रुपमा बन्द गर्न लागे कार्यालयका प्रमुख अरुण कुमार गुप्ताले जानकारी दिनुभयो । तानसेन रानीमहल सडक बन्द रहे पनि रानीमहल जाने पर्यटकहरुले बैकल्पिक सडकको रुपमा मिसन दैलातुङ्गको सडक प्रयोग गर्न सकिने वा तानसेन, बतासेडाँडा, बौघागुम्वा छेर्लुङ सडक वा अर्गली रानीमहल सडक प्रयोग गरी रानीमहल जान सक्ने छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update