Erani Mahal
एमालेका उम्मेद्वारको प्रतिवद्धता तथा प्रेस चौतारीको भित्तेपात्रो सार्वजनिक
278978645_1139942866803018_81852064911977355_n
पाल्पा– प्रेस चौतारी नेपाल पाल्पाले आफ्नो भित्ते पात्रो विमोचन तथा तानसेनका प्रमुखका उम्मेद्वारसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको छ । चौतारीले गरेको कार्यक्रममा तानसेनका प्रमुख पदका उम्मेद्वार धनेन्द्रराज घिमिरे र उपप्रमुख उम्मेद्वार शशी श्रेष्ठको चुनावी प्रतिवद्धता पत्र, घोषणा पत्र सार्वजिनक समेत गर्नुभयो । घोषणा पत्र सार्वजनिक गर्दै प्रमुख पदका उम्मेद्वार धनेन्द्रराज घिमिरेले तानसेन वासीको समग्र विकास, शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा आफूले विजयी भएमा काम गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले एमालेले समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन एमालेका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गर्नुभयो । चौतारीले एमालेका उम्मेद्वारहरुको प्रचारप्रसाद गर्न र सहजिकरणको लागि डेक्स समेत स्थापना गरिने अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । चौतारीका केन्द्रीय सदस्य कमल तिमिल्सेनाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव नारायण न्यौपानेले गर्नुभएको थियो भने अध्यक्षता कृष्ण कार्कीले गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update