Erani Mahal
निस्दीमा एमाले जिल्ला सदस्य पाटाको स्वतन्त्र उम्मेदवारी दर्ता
279193184_334422355345254_5897460552574508233_n
पाल्पा - निस्दी गाउँपालिका , पाल्पामा नेकपा एमाले पाल्पा सदस्य दमन सिंह थापा पाटाले पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाटाले पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको हो । पाटा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य एवं निस्दी इन्चार्ज हुनुहुन्छ । नेकपा एमालेको तर्फबाट पालिका अध्यक्षमा टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको पाटाले बताउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update