Erani Mahal
कक्षा १२ को परीक्षाको समय परिवर्तन : बिहान ८ बजेदेखि ११ बजेसम्म हुने (सूचना सहित)
Capture_N9Vxc5uVCz
कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो । विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update