Erani Mahal
पाल्पाको तिनाउमा गठबन्धनमा खटपट
congress-maobadhi-1024x555
पाल्पा – जिल्लाको तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले माओवादीलाई पालिका नेतृत्व दिन असहमत भएका छन् । गठबन्द भित्र पद बाँडफाँडमा न्यायसंगत नभएको भन्दै काँग्रेसका वडा सभापतिहरुले सामुहिक निवेदन जिल्ला नेतृत्वमा बुझाएका छन् । गाउँ सभापति प्रेम पाण्डेले सबै वडासभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएको बताउनुभयो । पाल्पाका सबै पालिकामा गठबन्धन हुँदा तिनाउमा माओवादीको भागवण्डामा परेपछि तिनाउका कांग्रेस नेताकार्यकर्ता आन्दोलन सुरू गरेका छन् । नेतृत्वले तिनाउमा प्रमुख पद माओवादीलाई दिने निर्णय गर्नुका साथै वडा अध्यक्षहरुको पद बाँडफाँडमा समेत अन्याए भएको पाण्डेले बताउनुभयो । ‘पहिले काँग्रेसले ५ वटा वडाको अध्यक्ष पाउने भन्ने थियो, पछि ४ वटामा झर्यो ।’–पाण्डेले भन्नुभयो, ‘काँग्रेसले प्राप्त गरेका वडाहरु पनि जित सुनिश्चित भएका वडाहरु हैनन् ।’ तिनाउमा काँग्रेसले वडा नम्बर १, ३, ४ र ६ को अध्यक्ष पाएको छ भने २ र ५ को अध्यक्ष पद माओवादीको भागमा परेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update