Erani Mahal
प्रविधिमैत्री सेवा प्रवाहमा कुसुम बहुउद्देश्यीय सहकारी
पाल्पा- तानसेन नगरपालिका बिशालबजारमा रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरूकाे आवश्यकता अनुसार सहकारीलाई प्रविधिमैत्री बनाएको छ। सहकारीले नयाँ वर्षको अवसर पारेर प्रकाशन गरेको कुसुम भित्ते पात्राे र माेवाइल एप्सकाे सार्वजनिक गरेको हाे । सहकारीले सेवाकेन्द्रबाट चेककाे भूक्तानी दिन र माेवाइलबाट Co-operative short messaging service banking (SMS)बैंकिङ्ग सेवा लिन मिल्ने गरि सेवालाई थप गरेको छ। यसबाट सदस्यले सहकारीकाे विकसित एप्सबाट घरमै बसेर आफुले बचत गरेको रकम झिक्न र जम्मा गर्न सक्ने छन्।सहकारीकाे विकसित एप्सबाट सदस्यले आफुले गरेको आर्थिक काराेवारकाे जानकारी घरमै बसेर लिन सक्नेछन्। एप्सले शेयर सदस्यले गरेको आर्थिक काराेवारकाे हिसाब सिष्टमले नै राख्ने हुदाँ हरेक सदस्यकाे आर्थिक हिसाब पारदर्शीता हुने अध्यक्ष ढकालले बताउँनु भयाे। सहकारीले विकास गरेको एप्सले सदस्यकाे हरेक आर्थिक गतिविधिलाई सिष्टममा जाेडने भएकाले आफुले गरेको काराेवारकाे जानकारी घरमै बसेर लिन सक्ने अध्यक्ष ढकालले बताउँनु भयाे। बचतलाई चेकबाट भूक्तानी गर्न मिल्ने, जम्मा भएको बचत रकमकाे जानकारी सदस्यले माेवाइलबाट घरमै बसेर लिन सक्ने छन्। शेयर सदस्यकाे आवश्यकतालाई ध्यानमा राखेर भरपर्दो सेवा उपलब्ध गराउन सहकारीले सदस्यमैत्री भएर काम गरिरहेकाे बताउँनुहुदै अध्यक्ष ढकालले सहकारीले सेवाप्रवाहकाे कामलाई गुणस्तरीय बनाउँदै लैजाने र एप्सकाे विकास गरि सदस्यहरूकाे सुविधाका लागि सहकारीले नयाँ नयाँ याेजना ल्याएको जानकारी दिन कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष ढकालले जानकारी गराउँनु भएको छ। संविधान दिवसकाे अवसरमा पाल्पाबाट सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीबाट विविन्न विभुषणबाट सम्मानित हुनुहुने पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, सामाजिक शैक्षिक व्यक्तित्व बुद्धिप्रसाद शर्मा र समाजसेवी यादव सिंह कार्की सम्मानित हुनुभएकाे छ।कार्यक्रमकाे अध्यक्षता गर्नुहुदै सहकारीका अध्यक्ष सुरेश ढकालले कार्यक्रमकाे बारेमा जानकारी गराउँदै उहाँले राष्ट्रले सम्मान गरेका ब्यक्तित्वलाई सहकारीले सम्मान गर्न पाउनुनै आफुलाई खुशी लागेकाे बताउँनु भयाे। कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ढकालले सहकारीलाई लुम्बिनी प्रदेशकै नमुना र उत्कृष्ट सहकारी बनाउने गरि काम गरिरहेकाे बताउँनु हुदै अभियानकाे थालनी गरेर शैक्षिक बेराेजगारी अन्त्य गर्न नयाँ याेजना बनाएर सहकारीले स्थापनादेखिनै सहकारीका मापदण्ड ,मूल्य मान्यता र सहकारी सिद्धान्तकाे पालना गर्दै सदस्यहरूलाई वित्तीय रूपमा सक्षम बनाउन र सहकारीले गरेको आर्थिक, सामाजिक कार्यक्रमकाे जानकारी दिन सहकारी संस्थासंग जाेडिनुभएका शेयर सदस्यलाई प्रविधिमैत्री भएर सेवा लिनका लागि कार्यक्रमकाे आयाेजना गरि सहकारीले विकास गरेको एप्स, चेक, माेबाइल बैंकिङ र भित्ते पात्राे सार्वजनिक कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कार्यक्रममा कुसुम सहकारीले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालकाे भित्ते पात्राे बिमाेचन गर्नुहुदै उहाँले सहकारीले गरेको सम्मानप्रति आभार ब्यक्त गर्दै उहाँले राज्यबाट भएको सम्मान एउटा ब्यक्तिकाे नभएर समग्र राष्ट्रसेवककाे बताउँनुहुदै प्रजिअ पन्तले सहकारीले आफ्ना आर्थिक गतिविधि सञ्चालन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावलाई पालना गरि प्रभावकारी रूपमा संस्था सञ्चालन गरेमा कुनै किसिमकाे समस्या नआउने उहाँले बताउनु भयाे। कार्यक्रमका बिशिस्ट अतिथि बुद्धि प्रसाद शर्माले सदस्यहरूलाई उद्यमशील बनाएर प्रतिस्पर्धि काम र वित्तीय बजारलाई ध्यानमा राखेर कर्जा लगानी गर्दै सहकारी सिद्धान्तका मुल्य मान्यता सहकारी ऐन,संस्थाले बनाउने नियमावली, नीति र विधिकाे परिधिभित्र रही सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने उहाँले बताउँनु भयाे। समाजसेवी यादवसिंह कार्कीले काेभिडकाे महामारीका बीच गरेको सेवा सम्मान पाउन लागि नगरेकाे भन्दै उहाँले काम गर्दा राज्यबाट कामकाे मुल्यांकन गरि आफुले गरेको कर्मकाे कदर हुदा खुशी भएको बताउँनु भयाे। कार्कीले कार्यक्रममा बाेल्दै सहकारीबाट हुने लगानी प्रतिस्पर्धामा नभएर सदस्यकाे आवश्यकता र माग अनुसार हुनुपर्ने बताउँनुहुदै संकलित भएको पूँजीलाई फरक ढंगले लगानी गर्न सक्नुपर्ने बताउँनु भयाे। संस्थाका अध्यक्ष सुरेश ढकालले सहकारीकाे संस्थागत विकास, सुदृढीकरणकाे लागि सक्षम याेग्य र उच्च नैतिकवान, नेतृत्व, अनुभवी र क्षमतावान ब्यवस्थापन, वित्तीयरूपमा अनुशासित सदस्य भए संस्थाकाे प्रगति हुने भन्दै उहाँले अनुशासन सहितकाे कार्यसम्पादनले सहकारी प्रगति हुने बताउँनु भयाे। स्वच्छ प्रतिस्पर्धाले सहकारीकाे मूल्य मान्यतालाई अनुसरण गर्दछ भन्ने हाम्रो बुझाई रहेकाेले हामीले प्रतिस्पर्धामा विश्वास गर्ने हुँदा सहकारीले हरेक काम काराेवार र आर्थिक गतिविधिलाई सदस्य केन्द्रीत भएर अघि बढाएकाेले संस्थासंग जाेडिनु भएका सदस्य सन्तुष्टि रहेको हामीले महशुस गरेका छाै अध्यक्ष ढकालले कार्यक्रममा भन्नुभएको छ। सहकारीले सुरू देखिनै तराईका गाउँ टाेल र पहाडका गाउँ टाेललाई जाेडेर निष्क्रिय रहेको स-साना पूँजीलाई संकलन गरी श्रम र सीपको माध्यमबाट आर्थिक रूपमा कमजोर रहेका वर्ग समुदाय र सामाजिकरूपमा पछाडि पारिएकाहरूकाे उत्थानका लागि सदस्यहरूलाई व्यवसायसँग जाेड्ने र उद्यम विकास गरि उद्यमी बनाउने र आय-आर्जनतर्फ उत्प्रेरित गरि राेजगारी सिर्जना गर्ने स्वाभलम्भी र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाकाे साथ सहकारीले आफ्ना गतिविधि गर्दै आएको अध्यक्ष ढकालले बताउँनु भयाे। उहाँले कार्यक्रममा बाेल्दै सहकारीले हरेक सदस्यकाे आवश्यकता लाई पहिचान गरि सदस्यकाे आवश्यकता र चाहना अनुसार याेजना बनाउने र संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्दा सेवालाई फराकिलो ढंगले समय सापेक्ष बनाउदै लैजाने गरेको र सहकारीले आफै विभिन्न प्राेजेक्टकाे विस्तृत अध्ययन गरि प्राेजेक्ट सञ्चालन गर्ने र हजारौं बेरोजगार भई बसेकाहरूलाई राेजगारसँग जाेडन् सहकारीले प्राेजेक्ट अन्तर्गत उद्यमसंग जाेड्दै बेरोजगारी अन्त्य गर्न सहकारीले कार्यक्रम बनाउने र सहकारीजाेडिएका सदस्यहरूलाई उद्धेश्य प्राप्त गर्नका लागि संस्थाले आर्थिक सहयाेग गर्दै उद्यमी बनाएर व्यवसायिकरूपमा उत्पादन भएको बस्तुलाई सहकारीले बजारीकरणकाे सुनिश्चितता गर्नेछ अध्यक्ष ढकालले कार्यक्रममा बताउँनु भयाे। उहाँले सहकारीले आफ्ना उद्धेश्यसंग रहेर आर्थिक गतिविधि गर्दा पारदर्शी ढंगबाट गर्दै आएको उहाँले बताउँनु भयाे। कार्यक्रममा स्वागत गर्दै सहकारीकाे महिला उद्यम विकास समिति संयाेजक रमा पन्तले सहकारीलाई बचत र ऋणमा सिमित नराखी उद्यमसंग जाेडनुपर्ने भन्दै उहाँले सहकारीले दिनहुँ सदस्यकाे विश्वास जित्न सफल भएको र प्रविधिसंग जाेडेर काम गर्नु भनेकै संस्थाले हरेक गतिविधि पारदर्शी ढंगले बढाई रहेकोछ भन्ने नै हाे उहाँले बताउँनु भयाे। यस्तै सहकारी सञ्चालन समिति सह-सचिव मथुरा आचार्यले कार्यक्रममा बाेल्दै सहकारीले जिल्लामै नयाँ अभ्यासकाे कामहरू सुरु गरेको बताउँनुहुदै उहाँले सदस्यहरू जाेडिनै गएकोले पनि सहकारी प्रति समुदायको विश्वास बढेर गएको र अहिले सहकारीमा आठ सय बढि शेयर सदस्य आवद्ध रहेको र अझै बढने क्रम रहेको बताउँनुहुदै उहाँले बताउँनु भयाे । सहकारीले चेक, कुसुम माेवाइल एप्सकाे लन्च, नयाँ वर्षको भित्ते पात्राे सार्वजनिक कार्यक्रमकाे अध्यक्षता सहकारीका अध्यक्ष सुरेश ढकालले गर्नुभएको थियाे भने स्वागत सहकारी उद्यम विकास संयाेजक रमा पन्तले गर्नुभएको थियोे । त्यस्तै कार्यक्रमकाे सञ्चालन सहकारीका सञ्चार संयाेजक सुनिल कार्कीले गर्नुभएको थियो। नवराज ज्ञवालीकाे सहयाेगमा ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update