Erani Mahal
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी
ANFA-palpa-2
पाल्पा- जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी हुनु भएकाे छ । शुक्रबार भएको निर्वाचनमा निकतम् प्रतिद्वन्दी मनोहर थापालाई ६ मतले पराजित गर्दै राणा विजयी हुनु भएकाे हाे । १५ मत रहेको पाल्पा जिल्ला फुटबल संघमा राणाले ९ मत प्राप्त गर्नुभयाे भने थापाले ५ मत पाउनुभएकाे छ भने एक मत बदर भएको छ । उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाउनु भएकाे छ । निकटतम् अच्युत खनालले ६ मत पाएर पराजित हुनुभयाे । [caption id="attachment_25138" align="alignnone" width="768"] tl:a/ SofK;g M kfNkf lhNnf km'6an ;+3sf] cf7f} clwj]zgaf6 lgjf{lrt sfo{;ldlt . tl:a/ M dfwj cof{n÷sflGtk'/[/caption] महिला सदस्यमा युकी गाहा विजय हुनुभयाे । सदस्यहरुमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी हुनुभएकाे छ । सदस्य सबैले समान ९ मत पाए । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयाे । उहाँले खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री संकलनमा जोड दिने बताउनुभयाे । संघमा आर्थिक अवस्था कमजोर भएकाले यसतर्फ पनि आङ्खनो ध्यान पुग्ने बताउनुभयाे । एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले दुई वर्ष कोभिडले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बतँए । एन्फाका पूर्व केन्द्रीय सहमहासचिव सुरेश लिगलले पाल्पाको खेलकुद इतिहासलाई भुल्न नहुने र आगामी दिनमा सबैलालाई साथ लिएर अघि बढ्न सुझाव दिए । पूर्व अध्यक्ष भीमसेन कार्कीले मणीमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेको इतिहास भएको बताउनुभयाे । निवर्तमान अध्यक्ष मनोहर थापाले सबैको सहयोगबाट नै खेलुकदका गतिविधि बढ्ने बताउनुभयाे । एन्फा पाल्पाका महासचिव भरत शर्माले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष अच्युत खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष करुणा काफ्ले, पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष राजु महर्जन, सुरेन्द्रमान कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्यालले खेलुकदको गतिविधिलाई बढाउन खेलकुद मैदान, खेलाडी उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update