Erani Mahal
पाल्पाबाट  ४ हजार ६ सय ८१ परीक्षार्थी एसइईमा सहभागी
279024742_510135473918738_4659304067747471795_n
पाल्पा – एसइई परीक्षा आजदेखि सुरु भएको छ । यस बर्ष एसइई परिक्षाका लागि पाल्पाबाट १ सय ३६ विद्यालयका ४ हजार ६ सय ८१ परीक्षार्थी परीक्षामा सहभागी भएका छन । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीका अनुसार जिल्लाका विभिन्न २६ केन्द्रबाट दुई हजार तीन सय ८७ छात्रा र दुई हजार दुई सय ९४ जना छात्र गरी चार हजार ६ सय ८१ र ग्रेड बृद्धितर्फ १३ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन । यस्तै नियमित तर्फ अनुपस्थित १ सय २ जना र गे्रडवृद्धि तर्फ २५ जना रहेका छन । देशभर आजदेखि सुरु भएको एसइई परिक्षा पाल्पामा आजकाे परिक्षा मर्यादित एवम् शान्तिपुर्ण रुपले सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update