Erani Mahal
हावाहुरीसहितको असिनापानीले शाैभाग्य माविमा क्षति
Hawahuri Palpa (1)
विकास काफ्ले पाल्पा - पाल्पा जिल्ला स्थित माथागढी १ चिदीपानीको सौभाग्य माध्यमिक बिद्यालयमा मंगलबार गए रातिको र बुधबार दिउँसो हावाहुरी सहितको असिना पानी पर्नाले सौभाग्य माध्यमिक बिद्यालयको छात्रवासमा असर परेको छ । बेगशीत आएको हावाहुरीले छात्रासको छानो उडाउदा बिद्यालय बिद्यार्थी दुबैमा असर परेको छ माध्यमिक तह एस् ई ई को तयारी जुटेका बिद्यार्थीको किताब कापि लुगाफाटा समेत भिजेकाे बिद्यालयका सह प्रधानाध्यापक अनुप शर्माले बताउनु भयो । बिद्यालय छानो उडादा उडाएको छानो बिद्यालयको खेलमैदान राखिएको तारजालीमा ठोकिँदा उक्त तार जाली पनि असर परेको हुँदा बिद्यालय लगभग ३ /साडे ३ लाख बराबर भौतिक छेती पुगेको बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल बताउनुभयो । बिद्यालयले बिद्यार्थी व्यवस्थापन गरिएको राहतको निम्ति गाउँपालीकामा कुरा राखेको प्रधानाध्यापक खनाल बताउनु भयो। गाउँपालीपालीका अध्यक्ष सन्तोष थापाले भने प्रक्रिया पूरा गरेर प्रहरी मुचुल्का र वडा सिफारिस सहित आउन भनिएको छआए पछि दैवीप्रकोप कोषबाट राहत उपलब्ध गराउने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update