Erani Mahal
सम्झनाको डायरीमा मुस्ताङ यात्रा
IMG_7435
हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । करिब ३ हजार वर्षभन्दा अगाडिको पुरातात्विक उत्खनन्‍ बाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्‍बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्‍चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालमा अरु जिल्लाको नामाकरण कुनै खोला, स्थान र घटनाको आधारमा गरिएको भएतापनि जडिबुटीको हिसाबले प्रसिद्ध रहेकोले यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषामा मन भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुँदै मुस्ताङ हुन आएको हो भन्‍ने जनश्रुती रहेको छ । यसको करिव(करिव विच भाग भएर कालीगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाकखोला पनि भनिन्छ । यस जिल्लाको धेरै जसो बस्ती यही नदिको किनारमा अवस्थित छन् । यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ । जुन नेपालकै एक विशेष क्षेत्र हो । पर्यटकिय दृष्टिकोणबाट विश्‍वकै सुन्दर ठाउँ मुस्ताङ स्याउ अनि मार्फाको लागि पनि प्रशिद्ध मानिन्छ । ४/५ दिन अघिबाट मलाई गतिलोसँग निद्रा लागेको थिएन र खानाको पनि स्केल घटिरहेको थियो । मन निकै खुशीले फुरुङ्‍ग थियो । किनकी ४(५ वर्ष अगाडिको मुक्तिनाथ जाने सपना पुरा हुँदै थियो । त्यो वातावरण कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम, २०७८ अनुसार आन्तरिक मामिला तथा सञ्‍चार मन्त्रालय, मुकामः बुटवलले जुराइदिएको थियो । शुरुमा त कार्यालयका कर्मचारीहरु विच समुहमा जानेकी भनेर सल्लाह गरियो । त्यसमा कोही काठमाण्डौ, कोही इलाम, कोही बाग्लुङ र म्याग्दी, कोही चितवन र कोही कता(कता भने कुरो मिलेन । त्यसपछि बाहिरका साथीहरुसँग छलफल गरे शुरुमा त २र४ जना साथीहरु जाने भनेर कस्सिए । पछि उक्त सल्लाहमा पनि पारिवारिक समस्या र जटिलता देखिए । तर मैलेभने अवसरको रुपमा लिदै जति पैसा खर्च भएपनि मुस्ताङ मुक्तिनाथ कै यात्रा तय गरे । यात्रा आफैमा सजिलो र सहज त थिएन जति अनुकुलता बनाउन खोजेपनि, तर हामी हिम्मत र शाहस बटुल्दै थियौं । फेरिपनि मैले मेरो जिवनसाथी खुमला गरंजा सुरक्षा सँग सल्लाह गरे । बुटवलबाट पाल्पा जानपनि गाह्रो मान्‍ने मान्छे, उनिपनि बाइकको यात्राका लागि तयार भइन् । बाइकको यात्रा अनि अपरिचित स्थानको भ्रमण निकै जिज्ञासा र कौतुहलताले भरिपूर्ण थियो मेरो मस्तिष्क । केही थान लुगाकपडा, ड्राइफुड नास्ता, फलफुल लगायत आधारभूत आवश्‍यकताका सामान प्याकगरि २०७८ साल चैत २० गते आइतवार विहान ७ बजे यात्रामा निस्कियौं । बिहानीको रमाइलो वातावरणसँगै बुटवलबाट पाल्पा, स्याङजा, कास्कीको पोखरा, पर्वत र म्याग्दीका विभिन्‍न स्थानसँग परिचय गर्दै म्याग्दीको रघुगंगा गापा १, तिप्ल्याङ भन्‍ने ठाउँमा साझँ ७ बजे पुगेर बास बसियो । अर्कोदिन २१ गते सोमवार विहान ६ बजे पुनः यात्रा शुरु गरी कोइलीको मिठो स्वर अनि सुसेल्दै बगेको कालीगण्डकीको तिरैतिर मुस्ताङको घासा हुँदै जोमसोम १० बजे पुगियो । अगाडि बढ्दै जाँदा कुनै(कुनै ठाउँमा व्यवसायीक स्याउ खेतीहरु देखियो । ति फुलेर हामीलाई स्वागत गरेका थिए । सबैकुरा क्यामेरामा कैद गर्न सकिएन किनकी हामीले छोटो समयमा धेरै यात्रा गर्नु थियो । धुलो उडाउँदै हुइकिरहेका तिर्थालुहरुको गाडीसँग हामीपनि हैसेमा होस्टे गर्दै दिनको १२ बजे मुक्तिनाथ पुगियो । मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरुको लागि एक महत्वपूर्ण तिर्थस्थल रहेछ । यो तिर्थस्थल समुन्द्री सतहदेखि करिब ३८०० मिटरको उचाइमा रहेको हुनाले उकालो चढ्न मलाई भन्दा सुरक्षालाई गाह्रो भइरहेको थियो । मलाई पनि कता(कता अप्‍ठ्यारो महसुस भएको थियो । यस मन्दिरलाई हिन्दुहरुले मुक्तिक्षेत्र तथा बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात ुसय पानीु भन्दा रहेछन् । मुक्तिनाथ मन्दिर रहेको क्षेत्रलाई मुक्तिक्षेत्रको नामले पनि चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्‍ने विश्‍वास रहेको पाइयो । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि वर्षेनी हजारौ स्वदेशी तथा विदेशी पर्यटक तथा धर्माबलम्वीहरु पुग्ने गर्दछन् । बि‍‍.स.१८७१ मा निर्माण गरिएको मन्दिर पेगोडा शैलीमा रहेको पाइयो । मन्दिरभित्र भगवान मुक्तिनाथको तामाको मूर्ति रहेको छ । मन्दिरमा तामाको छानो र पित्तलको गजुरमा सुनको जलप लगाइएको छ । यो तिर्थस्थल शालिग्रामको लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो । पुराना दंतेकथाहरुका अनुसार मनले चिताएको पुग्ने हुनाले त्यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागेको पानीमा स्नान गर्ने गर्दछन् । हामीले पनि पुजापाठ र अवलोकन गरी २ बजे धुलो र हावासँग संघर्ष गर्दै माथिल्लो मुस्ताङको यात्रामा लाग्यौ । अपरिचित बाटो भएको कारणले कहिलेकाँही दोबाटोहरुमा अन्योलता हुन्थ्यो । फेरिपनि घुम्टी र मोडहरु छिचोल्दै मुस्ताङको समर भन्‍ने ठाउँमा पुगेर बास बसियो । अबिराम यात्रा र मौषम प्रतिकुलताका कारण होला मलाई अलि टाउको दुखिराखेको थियो । होटेलकी साउनी गुरुङ्‍सेनी दिदी हुनुहुदोरहेछ, उहाँ मिलनसार र उतिकै सहयोगी पनि । उहाँले सान्वता दिदै सिटामोल र तातोपानीको व्यवस्था गरिदिनुभयो खाएपछी ठिक भयो । २२ गते मंगलवार बिहान ६ बजे पुन उसैगरि यात्रा शुरु गरियो । बिहानको समय पूर्वमा उदाउँदै गरेको सूर्य अनि त्यसका किरण हिमालमा ठोकिएर हिरा जस्तै चम्केको देख्दा हामी मन्त्रमुग्ध नै भयौं । बस्ती निकै पातलो, जहाँ २र३ घण्टामा बल्ल अर्को गाउँ भेटिन्थ्‍यो । विभिन्‍न आरोह(अवरोह पार गर्दै १० बजे उपल्लो मुस्ताङ अर्थात लोमान्थाङ पुगियो । खाना खाएर २ घण्टा त्यहाँको अध्ययन अवलोकनमा बिजी भयौं । लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो । यसलाई नेपाल अन्‍तर्गत एक विशेष अधिराज्यको स्थान प्राप्‍त छ भन्‍ने कुरा त्यहा पुगेर बल्ल हामीले थाहाँ पायौं । यो लोमान्थाङ गाउँपालिकामा अवस्थित छ । जसमा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाबिसलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा भएको रहेछ । करिब ४ हजार मिटरको उचाइमा रहेको माथिल्लो मुस्ताङ र तिब्बती पठार भौगोलिक हिसाबले उस्तै(उस्तै रहेछ । त्यतिमात्र होइन उनीहरुबीच धर्म, भाषा, भेषभुषा, संस्कार, संस्कृति आदि मिल्दोजुल्दो छ भने पशुपालन जस्तै घोडा, याक, चौरी, भेडा, च्याङ्‍ग्रा र खेती गर्ने तरिका एउटै रहेछ । माथिल्लो मुस्ताङ र तिब्बतमा फरक के छ भने माथिल्लो मुस्ताङका विभिन्‍न स्थानहरुमा प्राचिन गुफाहरु छन् । विश्‍व सम्पदामा सूचिकृत उपल्लो मुस्ताङ ९लोमान्थाङ० लाई स्थानीय भाषामा लोको अर्थ हृदय वा मन, मनको अर्थ कामना र थाङको अर्थ मैदान वा फाट भन्दा रहेछन् । प्राचिन समयमा मानव बस्ती रहेको भनि विभिन्‍न अनुसन्धानबाट पत्ता लागेको छ । जुन पर्यटकका लागि मात्र नभएर देशकै लागि पनि गर्भ लायक कुरा हो । त्यहाँको ऐतिहासिक लोमान्थाङ दरवार र गुफाक्षेत्र करिब ७ सय वर्ष पुरानो मानिन्छ । सो दरवार १४ शताब्दीमा तत्कालिन राजा आङदेन साङवो विष्‍टको कार्यकालमा बनेको मानिन्छ । बेग्लै राजकिय परम्परा रहेको त्यहाँको राजसंस्थामा नेपालमा संघीय गणतान्त्रिक व्यवस्था लागु भएपनि स्थानीयले पूर्व राजपरिवारलाई एक अभिभावकका रुपमा स्वीकार गरेको पाइन्छ । जसका अन्तिम रजौटा जिम्मे दोर्जे पलवर विष्ट थिए । लोमान्थाङमा करीव २ रोपनी ५ आना क्षेत्रफलमा १०८ कोठे तथा ५ तले भएको दरवारको पूर्वतिर एउटा मात्र प्रवेश गेट छ । दरवारको पर्खालमा ५ कुना र बीच(बीचमा ९ मिटरका अग्ला बुर्जा छन् । अहिलेपनि लोमान्थाङका धेरै ठाउँमा मानव बसोबास गर्ने गुफा छन्, ति सबै निकै व्यवस्थित र बैज्ञानिक छन् । ति गुफा अग्लो पहाडमा छन् । प्राचिनकालमा सुरक्षाका हिसावले बसोबासका लागि अग्लो ठाउँ रोजेको अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्‍न तला छन् । तला चढ्न भर्‍याङ प्रयोग र भर्‍याङमाथि घोप्टेको भेटिएको छ । तल्लो मुस्ताङमा नेपाली भाषाकै प्रयोग बढी हुने गर्दछ भने उपल्लो मुस्ताङमा तिब्बती भाषासँग मिल्दो गुरुङ र थकाली भाषा बोल्ने गरेको पाइन्छ । आदिवासी जनजातिको बाहुल्यता भएर पनि होला त्यहाँ अहिलेपनि घर र गाउँको रक्षार्थ मुल ढोका र छानोमा याक, भेडा, च्याङ्‍ग्राको टाउको र सिङ झुन्ड्‍याउने, गाउँको वरपर ढुङ्‍गाको धार्मिक ग्रन्थका मन्त्रहरु लेख्‍ने, परम्परागत म्हाने निर्माण गर्ने गर्दछन् । त्यतिमात्र नभएर बौद्धधर्मावलम्बीहरुले आफ्नो परिवारको माइलो छोरालाई लामा र माइली छोरीलाई झुमाको रुपमा गुम्बामा अनिवार्य चढाउनुपर्ने र चढाएको झुमा र लामाहरु आजिवन कुवारा बस्नुपर्ने प्रचलन रहेछ । उक्त क्षेत्रमा सूचना सञ्‍चारबाट धेरै टाढा भयौं । एफ।एम। तथा रेडियो, सामाजिक सञ्‍जाल ले त झनै काम गर्ने कुरो भएन । ल्त्ऋ बाहेक अरु सिमले काम गर्दैनथ्यो तर विद्युत र यातायात भने पुगेको देखियो । अग्ला र नाङ्‍गो डाडा, कहिले बेशी ९खोला० त कहिले लेक चढ्‍यो । नागबेली जस्तो बाटो अनि गाडी निकै पातलो चल्ने चल्ने रहेछ । थकाइका बाबजुत पनि हामी १२ बजे कोरला नाकाको यात्रामा लागियो र दिनको १ बजे नाका पुगियो । उत्तरी छिमेकी चीनसँग जोडिने करिब ४ हजार ६ सय मिटरको उचाइमा रहेको उपल्लो मुस्ताङको कोरला नाका नेपाल(चीन बीचको व्यापारको लागि मुख्य नाका हो । सन् १९६० को दशकअघि कोरला नाका नेपाल र तिब्बत बीचको महत्वपूर्ण व्यापारिक नाका थियो । सन् १९४९ सम्म तिब्बतको छुट्टै अस्तित्व थियो । तर १९५० मा तिब्बतमा चिनको शासन शुरु भयो । चीनको बिरोधमा सन् १९६० मा तिब्बतको खामका बासिन्दा ९खम्पा० हरुले नेपालको भूमि ९मनाङ र मुस्ताङ० प्रयोग गरि बिद्रोह थालेपछि यो नाका बन्द भयो । सन् १९६० देखि बन्द रहेको यो नाका ५८ वर्ष बितिसक्दा पनि अझै खुल्न सकेको छैन । कोरला नाकाको इतिहास केवल व्यापारिक प्रयोजनसँग मात्र जोडिएको छैन । यो नाका बुद्ध धर्म र शिक्षाका लागि पनि उत्तिकै इतिहास र संभावना रहेको नाका पनि हो । चीनले कोरला नाकामा पूर्वाधार निर्माण तिब्र पारेको छ । सिमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवास गृह समेत निर्माण गरिसकेको छ भने नेपालको भन्सार कार्यालय समेत स्थापना हुन सकेको छैन । नाकादेखि १२ किलोमिटर नेपालतर्फ रहेको लोमान्थाङ १ छोसेरको नेचुङमा बिओपी भर्खरै स्थापना भएको रहेछभने नाकादेखि २६ किलोमिटर नेपालतर्फ लुङखुफाटमा नेपाली सेनाको क्याम्प शिवीर राखिएको रहेछ । अहिले म्याग्दीको बेनीबाट कोरला नाकासम्म करिव १९० किलोमिटर सडक मर्मत सम्भार तथा कालोपत्रे तिब्र गतिमा भइरहेको छ । यो नाकाको चिनिया सीमासम्म ठुला ९१२ चक्‍के० मालवाहक ट्रक ल्याउन सकिनेगरि पक्‍की सडक र पुल निर्माण कार्य भइरहेको छ । हिउ जम्ने र पग्लिन समय लाग्ने अनि सुक्खा हावा अत्यधिक लाग्ने कारणले पनि त्यहाँ मानिसको बसोबास देखिएन । दिनको १/२ बजेदेखि त्यहाँ मान्छे उडाउनेगरि हावा चल्ने रहेछ । त्यहाँ एउटा पनि बोटबिरुवा छैनन्, हरियो कतै देखिदैन । उजाड अनि मरुभूमी जस्तो कहिलेकाँही बिरानो लाग्छ । सामुन्द्रिक सतहदेखि धेरै माथि रहेको हुनाले हामीलाई स्वासप्रश्‍वासमा समस्या पर्‍यो । त्यहाँको मौषम तथा वातावरण हाम्रो अनुकुलतामा हुन सकेन लेक लागेर आधा घण्टा भन्दा बढी टिक्न सकिएन । त्यहाँ जाँदा लसुन, अदुवा, टिमुर र कोक लिएर जानुपर्ने रहेछ तर हामीलाई केही थाहा भएन । तल बिओपीका सुरक्षाकर्मीले लसुन र अदुवा दिएर हामीलाई सहयोग गर्नुभयो । उनिलाई अलि गाह्रो भएर त्यहीबाटै फर्कौ की जस्तो लागेको थियो, एउटा सानो कोक किनेर पियौं त्यसले अलि सजिलो भयो र नाका पुगियो । फर्कदा नाका र लोमान्थाङको बीचमा मनै लोभ्याउने खालका मनमोहक दृश्‍यहरुले आनन्दको अनुभूति प्राप्‍त हुन्थ्यो । सृष्टिको निर्माण पनि कस्तो अचम्मको अनि कस्तो अद्‍भूत छ । जहाँ मानव निर्मित भन्दा धेरै सुन्दर आकृतिको निर्माण भएको छ । कुनै नौलो ग्रह, अर्कै पृथ्वी, अर्कै संसार, अर्कै देश त्यतिमात्र नभएर स्वर्ग जस्तै देखियो । पिएर कहिल्यै नमेटिने तिर्खाइका प्यासहरु, खाएर कहिल्यै न अघाउने मनहरु, हेरेर कहिल्यै नथाक्ने हाम्रा नयनहरु अजिब प्रकृति देखेर लठ्‍ठ थिए । जसले हामीहरुको थकाइ र तिर्खा पनि भुलाइदिए । अन्य देशमा तस्विरका लागि चित्रकार खोज्नुपर्छ, दृश्‍य र आकृतिका लागि मुर्तिकार खोज्नुपर्छ तर यहाँ भने आफै सिर्जना भइरहेका छन् । वाह १ कस्तो रमणिय भौगोलिक बनावट । साहित्यकार, कलाकार र टिकटकका पारखीहरुलाई त्यहाँ पुगेपछि अरु केही चाहिँदैन । त्यहाँ गएर हेर्दा १०/२० वर्ष अगाडि नै जानुपर्ने ठाउँ रहेछ, त्यसमा आफू ढिलो गएर पछाडि परेको महसुस् गरियो । कोरला नाकाबाट २ बजे हिडेको यात्री अजिवको प्रकृतिसँग रमाउँदै हराउँदै साझ ७ बजे कागबेनी आएको पनि थाहा पाइएन । त्यही आएर बास बसियो । दिनभरी बाइकको यात्रा कसैको पनि फोन उठाउन सकिएन साझ हेर्दा १५/२० मिसकलमा बसेको हुन्थ्यो । थकाइका कारण कसैको पनि फोन उठाउन सकिदैनथ्यो । त्यहाँ कोठाभाडा ५०० देखि १०००र१५०० र खाना सादालाई ५०० रुपैया दररेट कायम रहेछ । कोठाभाडा भन्दा खानेकुरा ढुवानीका कारणले महङ्‍गो रहेछ । २३ गते बुधवारको दिन बिहान ७ बजेतिर फेरी मुसाफिर पोखराको यात्रामा फर्कियौं । बाटामा भेडा च्याङ्‍ग्राहरुको बगाल ९हुल० सबैले खाली जमिनमा मुख लगाएका देखिन्थे । खै के खाएका थिए कुन्‍नी रु अचम्म लाग्थ्यो । साझँ पोखरा आएर बास बसियो । २४ गते विहिवारको दिन पोखराको फेवाताल, पातले छागो, महेन्द्र गुफा लगायतका ठाउँहरु घुमियो र त्यही बिश्राम गरियो । अनि २५ गते तनहुको दमौलीमा बास बसी २६ गते सकुशल बुटवल फर्कियौं ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update