Erani Mahal
पाल्पामा कृषि गणना सुरू
Krisi
पाल्पा – पाल्पामा कृषि सम्बन्धी गणना कार्य सुरु भएको छ । कृषि गणना कार्यका लागि जिल्लामा ६१ गणक र १६ जना सुपरीवेक्षकलाई खटाइएको छ । पाल्पाका १० पालिकालाई एक सय ६४ क्षेत्रमा विभाजन गरी कृषि गणना गरिने कृषि गणना अधिकृत भविश्वर घिमिरेले जानकारी दिनुभयो । रामपुरमा २०, तानसेनमा १६, निस्दी र माथागढीमा १७/१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोटमा १५/१५, रैनादेवी छहरामा १८ र बगनासकालीमा १६ गणना क्षेत्र तोकिएको छ । पाल्पामा चार हजार एक सय कृषक परिवारको तथ्याङ्क लिइने तथ्याङ्क कार्यालयले जनाएको छ । गणनाको लागि गणक र सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश÷दश वर्षमा कृषि गणना गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update