Erani Mahal
गौरीशंकर माविले एसइइमा सहभागी विद्यार्थीलाई शुभकामना
278602255_1096321557615934_3654235970721632419_n
धनबहादुर ठाडा,पाल्पा - गौरीशंकर माध्यमिक विद्यालय निस्दी - ४ , मित्याल , पाल्पाले एसइइमा सहभागी हुने विद्यार्थीलाई शुभकामना तथा बिदाइ गरेको छ । कक्षा ९ को छात्र दुर्गा बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख नरबहादुर थापा मुख्य पाहुना रहनुभएको हो । कार्यक्रममा मुख्य पाहुना थापा , विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपिन्द्र सुनारी , प्रधानाध्यापक केश बहादुर सुनारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा यामु सरा खाम्चाले गर्नुभएको हो । यसवर्ष ६८ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक किरण वावु सुवेदीले बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update