Erani Mahal
पाल्पामा नियमित टाईफाईड बिरुद्धको खोप संचालन
278902433_588383872129662_7465687686792394931_n
पाल्पा – पाल्पामा अब नियमित रुपमा टाईफाईड बिरुद्धको संचालन हुने भएको छ । बुधबार नियमित खोप कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित टाइफाइड खोप कार्यक्रमको शुभारम्भ गर्नुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी पन्तले खोप कार्यक्रममा धेरै भन्दा धेरै बालबालिकालाई खोप कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो । टाइफाइड बिरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट नियमित संचालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । १५ महिना देखि १५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड बिरुद्धको खोप नियमित रुपमा दिइने छ । जिल्लामा हाल सम्म ६ हजार ८ सय २७ जना बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update