Erani Mahal
एमालेद्वारा पाल्पाकाे चार वटा पालिकाकाे अध्यक्ष पद उम्मेदवार सिफारिस
cc
पाल्पा – नेकपा (एमाले)ले जिल्लाको चार वटा पालिकाको अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएको छ । रैनादेवी छहरा, माथागढी, बगनासकाली र तिनाउ गाउँपालिकामा अध्यक्ष पद प्रतिष्पधा गर्ने उम्मेदवारहरूको टुङ्गो लगाएको एमाले पाल्पाले जानकारी दिएको छ । एमालेले जिल्लाको रैनादेवी छहरामा अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गीता घिमिरेको नाम सर्वसम्मत रुपमा सिफारिस भएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । राउत यसअघिको निर्वाचनमा पनि चुनावी प्रतिष्पर्धामा रहनुभएको थियो । यस्तै माथागढी गाउँपालिकाको अध्यक्ष पदमा यमबहादुर चिदीलाई एमालेले उम्मेद्वार बनाउने सर्वसम्मत सिफारिस गरेको छ । तिनाउको अध्यक्षमा प्रेम श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस भएको जिल्ला अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पाल्पाका दश वटा पालिकामध्ये बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकको नाम सिफारिस भएको छ । एमालेले पाल्पाका दश वटा पालिकामध्ये चार वटा पालिकामा अध्यक्षसहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरूको नाम टुङ्गो लगाएको जनाएको छ । बाँकी छ वटा पालिकामा पनि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउने क्रम जारी रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । चार वटा पालिकामध्ये एमालेले एउटा पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update