Erani Mahal
लक्ष्मी लघु वित्तको शाखा तनहुँको देउरालीमा विस्तार
laxmi laghu
पाल्पा- लक्ष्मी लघु वित्त वित्तीय संस्था लिमिटेडको ८२ औं शाखा तनहुँको देउरालीमा विस्तार गरेको छ । वित्तीय संस्थाका अध्यक्ष अध्यक्ष जीवन प्रकाश थेवे र संस्थाका कार्यकारी प्रमुख अधिकृत प्रकाशराज शर्माले एक कार्यक्रमका बिच शाखा उद्घाटन गर्नुभयो । शाखा विस्तारले तनहुँको घिरिङ्ग,रिसिङ्ग गाउँपालिका भिमाद नगरपालिकाका सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभान्वित हुने प्रमुख शर्माले बताउनुभयो । यसैगरी संस्थाको आगामी योजना बारे अध्यक्ष थेवेले जानकारी गराउनुभयो । शाखा उद्घाटनका क्रममा संस्थाका सदस्य,स्थानीय जनप्रतिनिधि,सुरक्षा निकाय,कर्मचारी लगायतका उत्साहजनक उपस्थिति रहेको संस्थाका सामान्य प्रशासन विभाग प्रमुख दिलीप शर्माले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update