Erani Mahal
जापानीज समाजसेवीद्वारा कार्यक्रममा सहयोग गर्नेलाई सम्मान
Raj
पाल्पा- जापानीज समाजसेवी काजुमासा काकिमी (ओके बाजी) द्वारा आफुले सन्चालन गरेका कार्यक्रमका सहयोग गर्नेहरुलाई सम्मान गरेको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवा,लोस्दीमा भएको कार्यक्रममा कोरोना भाइरस (कोभिड-१९) का बेला राहत वितरण कार्यक्रममा सहयोग गर्ने २५ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्नुहुदै समाजसेवी ओके बाजेले अरु बेला सहयोग प्राप्त गर्नेहरुले सम्मान गरेको तर यस पटक आफुले उहाँहरुलाई सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । कोभिडको बेला पूर्वखोला,निस्दी,रम्भा लगायतका ४ सय ९५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको जानकारी गराउनुभयो । कार्यक्रममा समाजसेवी पूर्ण बहादुर गाहा, जनमार्ग माध्यमिक विद्यालय मस्लाङ्गका प्रधानाध्यापक श्याम बहादुर दिशा लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update