Erani Mahal
तानसेनकाे वनदेवीमा आगलागी
aaglagi-3
पाल्पा – तानसेन नगरपालिका वडा न ५ स्थित देउराली सामुदायिक वनमा आगलागी भएको छ। तानसेन तम्घास सडक खण्ड नजिकै वनदेवि वनक्षेत्रमा फालेको फोहरबाट आगलागी भएकाे बताइएकाे छ । शुक्रबार दिउँसो देउराली सामुदायिक वनमा लागेको आगोले करिब १५ हेक्टर वनक्षेत्रमा क्षती पुर्याएको बताइएकाे छ । नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र वन कर्मचारिहरुको टोलिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ । यसैबीच तानसेन ९, डाँडाडुममा समेत आगलागी भएकाे स्थानीय बासिन्दाले बताएका छन् । त्यहाँ समेत आगाे नियन्त्रणमा आउन सकेकाे छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update