Erani Mahal
सुनकाे आयात घटाएपछि मूल्यमा निरन्तर वृद्धि
gold
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ । अघिल्लो कारोबार दिन चैत ३० गते छापावाल सुनको मूल्य एक लाख एक हजार पाँच सय र तेजावी सुनको मूल्य एक लाख एक अहजार रुपैयाँ थियो । सो दिन चाँदी १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update