Erani Mahal
पाल्पामा ८४.६६ प्रतिशत बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप
278125898_1129853791133990_7286575283112399452_n
पाल्पा – पाल्पा जिल्लामा चैत २३ गतेदेखि सुरु भएको टाइफाइड विरुद्धको खोप अभियानमा हालसम्म ८४.६६ प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धकोे खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दश वटै स्थानीय तहमा संचालन गरेको खोप अभियानमा हालसम्म ८४.६६ प्रतिशत अर्थात ६ हजार १ सय ८२ जना बालालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टाइफाइड विरुद्धको खोप अभियानमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९९.६३ प्रतिशत र सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा ७४.९० प्रतिशत बालबालिका खोपमा सहभागी भएका छन । त्यस्तै तानसेन नगरपालिकामा ८२.५१ प्रतिशत, रामपुर नगरपालिकामा ८४.२५ प्रतिशत, तिनाउ गाउँपालिकामा ७९.०२ प्रतिशत, रम्भा गाउँपालिकामा ९०.७२ प्रतिशत, निस्दी गाउपालिकामा ९५.३८ प्रतिशत, माथागढी गाउँपालिकामा ८०.१३ प्रतिशत, रैनादेवि छहरा गाउँपालिकामा ८४.७० प्रतिशत र बगनासकाली गाउँपालिकामा ८३.२२ प्रतिशत बालबालिका खोपमा सहभागी भएका छन ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update