Erani Mahal
अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर बालिकाको मृत्यु
death_AlDQPlBINT
अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छन् । दुर्गाफाटबाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले किचेको थियो । ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update