Erani Mahal
निस्दीको धोबलामा भलिबल प्रतियोगिता सम्पन्न
278055554_311652234441543_9135886509745177685_n
होम राई मगर,पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,धोबलामा खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १७ समूहको सहभागिता रहेको प्रतियोगितामा लाङ्घाली युवा क्लब निस्दी-७,हुवासले पहिलो स्थान हासिल गरेको छ । यसैगरी जनजागृती युवा क्लब निस्दी-६,अर्चलेले दोस्रो र सयपत्री युवा क्लब निस्दी-६,धोबलाले तृतीय भएका छन् । बिजयी समूहहरुलाई एक कार्यक्रमका बिच निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले नगद,प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सुनारीले खेलकुदको माध्यमबाट आफ्नो व्यक्तिगत सहित राष्ट्रको पहिचान गर्न युवाहरुले सक्रियता देखाउनु पर्ने बताउनुभयो । सयपत्री युवा क्लबका अध्यक्ष विष्णु बयम्बुको अध्यक्षता सन्चालन भएको कार्यक्रमको सन्चालन टोप बहादुर रानाले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update