Erani Mahal
पाल्पामा ८३ प्रतिशत बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप
thumb
पाल्पा – पाल्पा जिल्लामा चैत २३ गतेदेखि सुरु भएको टाइफाइड विरुद्धको खोप अभियानमा हालसम्म ८३.११ प्रतिशत बालबालिकाले टाइफाइड विरुद्धकोे खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दश वटै स्थानीय तहमा ७ सय ८० खोप केन्द्रबाट संचालन गरेको खोप अभियानमा हालसम्म ५९ हजार ८३ जना बालालिकाले खोप लगाएका हुन् । टाइफाइड विरुद्धको खोप अभियानमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९७.१४ प्रतिशत र सबैभन्दा कम तिनाउ गाउँपालिकामा ६८.२३ प्रतिशत बालबालिका खोपमा सहभागी भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै तानसेन नगरपालिकामा ८२.५१ प्रतिशत, रामपुर नगरपालिकामा ८४.२५ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ७४.९० प्रतिशत, रम्भा गाउँपालिकामा ९०.७२ प्रतिशत, निस्दी गाउपालिकामा ९५.३८ प्रतिशत, माथागढी गाउँपालिकामा ८०.१३ प्रतिशत, रैनादेवि छहरा गाउँपालिकामा ८४.७० प्रतिशत र बगनासकाली गाउँपालिकामा ७३.४५ प्रतिशत बालबालिका खोपमा सहभागी भएका छन । अहिले संचालन भएको अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको रछुटेकालाई पुनः स्वास्थय संस्थामार्फत तथा बैशाखदेखि नियमित खोपकै रुपमा लगाउने पनि स्वास्थय कार्यालयले जनाएको छ । पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update