Erani Mahal
राप्रपा पाल्पाको चुनाव प्रचार तथा घरदैलो अभियानको सुरुवात
ra parpa
पाल्पा– राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आज तानसेनमा निर्वाचन तयारी बैठक सम्पन्न भएको छ । पार्टीले नगर परिक्रमा सहित पार्टी प्रवेश तथा घर दैलो कार्यक्रम शुभारम्भ गरेको केन्द्रीय सदस्य डुलबहादुर कुँवरले बताउनुभयो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सोमादीका बिस्नु पोखरेल, मीन बहादुर धर्ती, शंकर भण्डारी, कर्ण बहादुर ज्ञवाली, रामपुरका माधव कडेल,जगन्नाथ ढकाल लगायत राप्रपमा प्रवेश गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य डुलबहादुर कुँवर, जिल्ला सल्लाहकार रेवन्तबहादुर विष्ट लगायतले मन्तव्य राख्नुभएको छ । केन्द्रीय कार्यक्रम अनुसार आजदेखि सबै जिल्लाहरुमा चुनावी प्रसार प्रसार तथा घरदैलोको कार्यक्रम भएको राप्रपाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update