Erani Mahal
पाल्पामा हालसम्म ४९ हजार बढी बालबालिकालाई टाइफाइड बिरुद्धको खोप
khop (2)
पाल्पा - जिल्लामा चैत २३ गतेदेखि संचालन भएको टाइफाइड बिरुद्धको खोप अभियानमा ४९ हजार बढीले टाइफाइड बिरुद्धको खोप लगाएका छन् । चैत २३ गतेदेखि कोरोना बिरुद्धको खोप अभियानमा सुरु भएकोमा चार दिनको अबधिमा ४९ हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लाको दुई पालिकामा बाहेक आठ वटा पालिकामा चैत २३ गतेदेखि नै टाइफाइड बिरुद्धको खोप अभियान सुरु भएको थियो । खोप अभियान चैत २९ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार शनिबारसम्मका ४९ हजार ३ सय ४८ जना बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लाभर ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । जिल्लाको तिनाउ र बगनासकालीमा परीक्षाका कारण चैत २५ गतेदेखि खोप लगाउने कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो । जिल्लाभर टाइफाइड बिरुद्धको खोपलाई प्रभावकारी बनाउन साविकका गाविसको प्रत्येक वडामा एउटा खोपकेन्द्र हुने गरी खोप केन्द्रको व्यवस्था गरिएको खोपका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा लक्ष्य अनुसार खोप हरेक बालबालिकामा पु¥याउने उद्देश्य अनुरुप स्वास्थ्यकर्मी, नागरिक, शिक्षक, स्वायम्सेवकलाई खटाइएको उहाँले बताउनुभयो । जिल्लामा शनिबारसम्मका ६९ प्रतिशतले खोप लगाएको र चैत २९ गतेसम्ममा ९० प्रतिशत बढीले खोप लगाउने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  २३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update