Erani Mahal
रानीमहलमा सम्पन्न राष्ट्रिय महिला 'वीच' भलिबलको उपाधि नेपाल पुलिसलाई
khel3-1-1536x1024
पाल्पा - रानीमहलमा सम्पन्न प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला वीच भलिबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । कालीगण्डकी किनारमा तीन दिनसम्म चलेको खेल अन्तरगत शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो । फाइनलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गरेको थियो । पहिलो सेटमा २१–८ र दोस्रो सेट २१–१७ ले पछि पार्दै नेपाल पुलिस क्वबका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेका हुन् । यस्तै तेस्रोका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पछाडि पारेको छ । सुदूरपश्चिमले गण्डकीलाई सोझो सेटमा पछि पारेको हो । पहिलो र दोस्रो सेटमा क्रमश २१–१२, २१–१७ ले गण्डकीलाई हरायो । यसैबीच उपाधि जितेसँगै नेपाल पुलिसले १ लाख नगदसहित प्रमाणपत्र ट्रफी मेडल, पाल्पाली करुवा प्राप्त गरेको छ । उपविजेता लुम्बिनी प्रदेशले नगद ५० हजार, प्रमाणपत्र ट्रफी मेडल, पाल्पाली करुवा प्राप्त गरेका छन् । तेस्रो भएसँगै सुदूरपश्चिम प्रदेशले नगद ३० हजार रुपैंयाँ नगदहितको पुरस्कार तथा चौथो भएको गण्डकी प्रदेशले पनि नगद २० हजार र प्रमाणपत्र प्रदान गरिएको सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । नौ टोलीको सहभागिता रहेको प्रतियोगिता चौत २४ गतेदेखि सुरु भएको थियो । क्वार्टर फाइनलदेखि छनोट हुँदै आएकोमा नेपाल पुलिसकी कमला पुन उत्कृष्ट खेलाडी भएको अन्तर्राष्ट्रिय प्रशिक्षक गौतम प्रसाद लासिवाले जानकारी दिनुभएको थियो । पुनलाई नगद २० हजार र ट्रफी साथै पाल्पाली करुवा प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, प्रतियोगिताका सद्भावना दूत अभिनेता धिरेन शाक्य, खेलाडी अस्मिता शाही लगायतले पुरस्कार, प्रमाणपत्र, ट्रफी प्रदान गर्नुभयो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. नेपालले रानीमहल क्षेत्रलाई भलिबल मात्र होइन बिच भलिबलको गन्तव्यका रुपमा विकास गरिनु पर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  २३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update