Erani Mahal
वीरकोट कर्नेडाँडा-लावेमा बस पुग्यो : प्रदेश सांसद घर्तीद्वारा उद्घाटन
moy
पाल्पा– जिल्लाको बीरकोट कर्नेडाँडामा पहिलो पटक बस सेवा संचालनमा आएको छ । बस सेवाको लुम्बिनी प्रदेश सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तुलाराम घर्तीले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयो । विरकोटको सिलिङ् भञ्ज्याङ् कर्नेडाँडा लावे क्षेत्रमा पहिलो पटक बस सेवा संचालनमा आएपछि स्थानीय समेत हार्षित भएका छन् । सांसद घर्तीको विशेष पहलमा बजेट विनियोजन गरी मोटरबाटो निर्माण भएपछि गाउँमा पहिलो पटक बस पुगेको हो । बससेवाको उदघाटन गर्दै प्रदेश सांसद घर्तीले विकास निर्माणमा माओवादीको मोडल देशमै नमुना भएको बताउनुभयो । उहाँले आर्थिक विकास र समृद्धिका लागि गाउँदेखि केन्द्रसम्म माओवादी केन्द्रको सरकार निर्माण हुनुपर्ने बताउनुभयो । यस्तै माओवादी केन्द्रका प्रदेश सहसचिव पावती विकले देशमा नीति माओवादीको र नेतृत्व काँग्रेस एमालेको भएका कारण जनताले संघीयताको अनुभूति गर्न नसकेको बताउनुभयो । यस्तै पूर्वखोला गाउँकमिटि अध्यक्ष तथा पूर्वसांसद लिला सोमैले गाउँमा मोटर बाटो संचालनमा बजेट निकासा गर्नुहुने प्रदेश सांसद घर्तीलाई धन्यवाद दिदैं यस्तै विकासको लागि सदैव हातेमालो गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update