Erani Mahal
निस्दीको अर्चलेमा आँखा शिविर सन्चालन
ad (1)
पाल्पा -निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा नि:शुल्क आँखा शिविर सन्चालन भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-६,वडा कार्यालयको आयोजना र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर,पाल्पाको प्राविधिक सहयोगमा नि:शुल्क आँखा शिविर सन्चालन भएको हो । अर्चले स्वास्थ्य चौकीमा सन्चालन भएको शिविरमा १२४ जनाले आँखा जाँच गरेको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । यसैगरी ९ जना महिला र ७ जना पुरुष गरि १६ जनालाई अप्रेसन गर्नुपर्ने भएकोले कालीगण्डकी आँखा अस्पतालमा रिफर गरिएको स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update