Erani Mahal
खेलकुदले आर्थिक विकास गर्न सहयाेग पुग्छ : सचिव डा. रेग्मी
khel7-1536x1024
पाल्पा - युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले ऐतिहासिक र पर्यटकीय गन्तव्य रानीमहललाई भलिबलको राजधानी बनाउन सकिने धारणा राख्नुभएकाे छ । रानीमहलमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय महिला 'वीच' भलिबल प्रतियाेगिताकाे समुद्घाटन गर्नुहुँदै डा.रेग्मीले रानीमहललाइ वीच भलिबलकाे राजधानी बनाउन सकिने उल्लेख गर्नुभयाे । डा. रेग्मीले तीन तहको सरकारको समन्वयमा खुलकुद क्षेत्रको विकास गरेर अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे । पाल्पालाई खेलकुदको हब बनाउन सकिने बताउनुहुँदै उहाँले कालीगण्डकीको किनारमा रहेको रानीमहल क्षेत्र 'वीच' भलिबलको लागि राम्रो सम्भावना रहेको क्षेत्र हाे भन्नुभयाे । खेलाडी उत्पादन, पूर्वाधार निर्माण तथा खेल सम्बन्धी क्रियाकलाप बढाउन सके खेल क्षेत्रको विकास हुने र त्यसबाट पर्यटन प्रबर्धन र आर्थिक विकास गर्न सकिने दावी गर्नुभयाे । खेल क्षेत्रमा धेरै समस्या रहको भए पनि अहिले मन्त्रालयबाट एक पालिका एक खेल मैदानको कार्यक्रम समेत सुरु भएको हुँदा स्थानीय र प्रदेश सरकारले पनि त्यसमा समन्वय गरेर यसको विकासमा लाग्नुपर्ने उहाँकाे भनाइ छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजनमा सुरू भएकाे वीच भलिबल प्रतियाेगिता बिहीबारदेखि रानीमहलमा सुरू भएकाे छ । बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब दुई खेलमा बिजयी भएको आयोजक संस्थाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update