Erani Mahal
नेपालमा वायु प्रदूषणले वर्षेनी ३७ हजार मृत्यु
dhulo_8_Fvta8F4BCJ
आज विश्व वातावरण दिवस । नेपालमा पनि वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रीत भई विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा विश्व स्वास्थ्य दिवस दिवस “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुद्वारा आयोजित कार्यक्रममा सहभागीहरुले जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको कार्यक्रमका सहभागीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश संभाजीराव पाण्डवले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने बताउनुभएको छ । वातावरण स्वास्थ्यसम्बन्धी नीतिहरु भएपनि कार्यान्वयनमा प्रभावकारिता नभएको उहाँले बताउनुभयो । यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ । नेपालमा वर्षेनी वायु प्रदूषणले गर्दा ३७ हजार ६८३ जना र सुर्तीजन्य रोगबाट २७ हजार १०० जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update