Erani Mahal
जेसिस र लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर
akha
पाल्पा– पाल्पा जेसिसको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको तानसेन ९ मदनपोखराको छापमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा भएको १ दिने निशुल्क आँखा सिबिरमा पाल्पा लायन्स लाकौल अस्पतालले प्राविधिक सहयोग गरेको अस्पतालका कर्मचारी शम्भु आचार्यले बताउनुभयो । शिविरमा १ सय ८५ जानाको आँखा जाँच, १ सय ६५ जना बिद्यार्थीको आँखा जाँच भएको पाल्पा जेसिजका अध्यक्ष अच्यूत खनालले जानकारी दिनुभयो । शिविरमा ३ जाना विद्यार्थीलाई चस्मा समेत वितरण गरियको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update