Erani Mahal
तानसेन नगरपालिका र लुम्विनी गार्डेन फाउण्डेसन, स्पेनबीच समझदारी
277301139_10226389216692911_8741024253375242532_n
पाल्पा – तानसेन नगरपालिका र लुम्विनी गार्डेन फाउण्डेसन, स्पेनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई पालिकाबीच संस्कृति, ज्ञान आदानप्रदान, पर्यटन प्रबद्र्धन तथा बुद्धका सिद्धान्तलाई अंगाल्दै मानव शान्ति सम्पदाको रुपमा स्थापित गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताले दुई पालिकाका बीचमा कृषि, प्रविधि, स्वास्थ्य र परम्परागत ज्ञान आदानप्रदानमा सहयोग पुग्ने विस्वास गरिएको छ । बिहीबार एक समारोहका बीच दुई पालिकाका बीचमा सहमति भएको हो । सहमति पत्रका गार्डेनका तर्फबाट फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदी र तानसेन नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोककुमार शाहीले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बुद्धको सन्देश विश्वभर फैलाउँदै पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतले तानसेनलाई लुम्विनी क्षेत्रको विकाससँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update