Erani Mahal
रिडी धाममा आजदेखि 'अर्गली-पाल्पा' महाेत्सव सुरू
Ridi-mela-gulmi-by-kapil-gyawali
पाल्पा – स्थानीय स्थरमा उत्पादित बस्तु र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले पाल्पाको अर्गलीमा आजदेखि महोत्सव सुरु भएको छ । आजदेखि सुरु भएको महोत्सव चैत २७ गतेसम्म अर्गलीस्थित रिडी धाममा सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय अर्गली जनचेतना युवा मञ्चको आयोजनामा स्थानीय स्तरमा उत्पादित बस्तु तथा कलासंस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । ‘पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु धाम जाउ, संस्कृति तथा पर्यटन प्रवर्धनमा टेवा पु¥याऊ’ भन्ने मूल नारा सहित महोत्सव सुरु भएको क्लबका अध्यक्ष अर्जुन कौशलले जानकारी दिनुभयो । स्थानीय कला, संस्कृति, कृषि र पर्यटनको विकास र विस्तारका लागि गर्न लागिएको महोत्सवमा तानसेन नगरपालिकाले सहयोग गर्ने वडा अध्यक्ष कमल रानाले बताउनुभयो । महोत्सवमा स्थानीय संस्कृति समेटिएको झाँकी, भजनकृतन, मौलिक सालौजो, सोरठी, झ्याउरे र स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति रहनेछ । विभिन्न खानाका स्टलहरू, कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग समेत हुनेछ । आयोजकले महोत्सवमा कृषि प्रदर्शनी, कुटीर उधोगबाट उत्पादित उत्पादन तथा वस्तुको प्रदर्शन, हस्तकलाका उत्पादन सामाग्री, दैनिक उपभोग्य वस्तु र स्वदेशी तथा विदेशी लत्ताकपडाका स्टल लगायतका पाल्पा, गुल्मी, स्याङ्जालाई चिनाउने कृषि उत्पादन वस्तुलाई आकर्षकका रुपमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update