Erani Mahal
पाल्पामा दर्ता भए १४ दल (दर्ता भएका दलकाे सूचिसहित)
nirbachan ayog
पाल्पा – पाल्पामा १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुल्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । कतिपय नामै नसुनेका दल पनि निर्वाचन कार्यालय पाल्पामा दलको रुपमा दर्ता भएको छ । निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्मागत अर्यालले दिनुभएको जानकारी अनुसार पाल्पामा निम्न बमोजिमको राजनैतिक दल दर्ता भएका छन् । आगामी २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ, सोही प्रयोजनका लागि खुला गरिएको दल दर्ता प्रक्रियामा पाल्पामा १४ वटा दल दर्ता भएकाे उहाँले जानकारी दिनुभयो । वि.स. २०७४ सालको निर्वाचनमा पाल्पामा नौँ वटा दल मात्रै दर्ता भएका थिए । अहिले दर्ता हुने दलको सङ्ख्या बढेर १४ पुगेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा पाँच वटा राष्ट्रिय मान्यता प्राप्त दल दर्ता भएको उहाँले जानकारी दिनुभयो । पाल्पामा क्रियाशील रहेका विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विवेकशील साझा पार्टी भने दर्ता भएनन् । पाल्पामा दर्ता भएका दलहरू १. नेकपा (एमाले) २. नेपाली काङ्ग्रेस ३. नेकपा (माओवादी केन्द्र) ४. जनता समाजवादी पार्टी ५. नेकपा (एकीकृत समाजवादी) ६. राष्ट्रिय प्रजातन्त्र पार्टी ७. राष्ट्रिय जनमोर्चा नेपाल ८. राष्ट्रिय जनमुक्ति पार्टी ९. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १०. नेकपा माले ११. उन्नत लोकतान्त्रिक पार्टी १२. मंगोल नेश्नल अर्गनाइजेशन पार्टी १३. नेपाली कांग्रेस (विपी) १४. सामाजिक एकता पार्टी
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update