Erani Mahal
रामपुर नगरपालिकाले सुबिधा सम्पन्न प्रशासनिक भवन निर्माण
palpa-rampur
पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिकाले सुबिधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । स्थानीय तह बनेपछि चार वर्षको अबधिमा रामपुर नगरपालिकाले आफ्नै सुबिधा सम्पन्न प्रशासनिक भवन बनाएको हो । [caption id="attachment_14696" align="alignnone" width="768"] फाइल तस्वीर[/caption] कुल ५ करोड ८७ लाख ३७ हजार रुपियाँ लागतमा सुबिधासम्पन्न भवन निर्माण भएको हो । चार तले भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित विषयगत शाखाका छुट्टाछट्टै कक्ष छन् । आयुर्वेद शाखा र पशु विकास सेवाको छुट्टै आफ्नै भवन छ । १९३० वर्ग मिटरमा फैलिएको भवनमा ३५ कोठा छन् । सहज सेवाका लागि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतको रकम बिनियोजन गरी प्रशासनिक भवन निर्माण गरेको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । सुविधा युक्त भवन बनेसँगै नगरपालिकाले प्रवाह गर्ने सेवा थप सहज र सरल हुने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले बताउनुभयो । साविक रामपुर गाविस हुँदाको एक तले भवनलाई तीन तलाको बनाई काम गर्दै आएकोमा सेवा दिन असहज भएपछि विगत दुई वर्षयता सम्झौता अनुसार मालपोत कार्यालयको दोेस्रो तलामा पनि सेवा विस्तार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update