Erani Mahal
रामपुरमा पशुलाई सुत्केरी भत्ता वितरण
cows
पाल्पा – सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले रामपुर नगरपालिका भित्रका पशुहरूलाई सुत्केरी भत्ता वितरण गरेको छ । पशुपालन व्यवसायलाई सम्मानित बनाउन र पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्न पशुलाई सुत्केरी भत्ता दिइएको नगरपालिकाले जनाएको छ । सुत्केरी गाई तथा भैसीको सङ्ख्याको आधारमा पशु सुत्केरी भत्ता उपलब्ध गराएको हो । रामपुर नगरपालिकाबाट विनियोजन भएको पाँच लाख रुपियाँमार्फत पाँच सय वटा वीमित सुत्केरी पशुका लागि प्रति पशु एक हजारको दरले सुत्केरी खर्च वितरण गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले जानकारी दिनुभयो । सहकारीमा आबद्ध तीन सय ६५ जना किसानले पालेका गाई तथा भैँसी सुत्केरी हुँदा सुत्केरी खर्च दिइएको अर्यालले बताउनुभयो । पशुलाई दिने सुत्केरी भत्ताले रामपुर नगरपालिका क्षेत्रभित्र पशुपालनमा लागेका किसानलाई हौसला प्रदान गर्ने नगर प्रमुख रमण बहादुर थापाले दावी गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update