Erani Mahal
पाल्पामा चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा युवक पक्राउ
pakrau
पाल्पा – चार वर्षकी बालिकालाई जबर्जस्ती गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । तिनाउ गाउँपालिकामा रोल्पा स्थायी घर भएकी ४ वर्षकी बालिकालाई प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६, बस्ने वर्ष २५ का प्रेम पुनले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजेतिरको समयमा ती युवकले बालिकामाथि जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । युवक तिनाउ–५, मा अस्थायी रुपमा बस्दै आएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update