Erani Mahal
पाल्पामा १ लाख ९९ हजार ६ सय ९० मतदाता
1648468469election-1
पाल्पा - स्थानीय तहको निर्वाचनका लागि पाल्पामा १ लाख ९९ हजार ६ सय ९० मतदाता कायम भएको हो । आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र निर्धारण भएको छ । पाल्पाका १० स्थानीय तहमा ९६ हजार ९ सय ८० पुरुष र १ लाख ३ हजार १० जना महिला मतदाता रहेका छन् । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा धेरै मतदाता तानसेन नगरपालिकामा र सबै भन्दा थोरै पूर्वखोला गाउँपालिकामा रहेका छन् । तानसेन नगरपालिकामा ३३ हजार ७ सय ६९ मतदाता रहेका छन् । जसमा १६ हजार २८ पुरुष र १७ हजार ७ सय ४१ महिला मतदाता छन् । त्यस्तै पूर्वखोलामा १३ हजार ६ सय ९८ मतदाता कायम भएको छ । जसमा ६ हजार ५ सय २९ पुरुष र ७ हजार १ सय ६९ महिला रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । तिनाउ गाउँपालिकामा १४ हजार ३ सय ८६ मतदाता रहेका छन् । जसमा ७ हजार २ सय ४५ पुरुष, ७ हजार १ सय ४१ महिला छन् । निस्दी गाउँपालिकामा १५ हजार ८५ मतदाता छन् । जसमा ७ हजार ४ सय ९६ पुरुष र ७ हजार ५ सय ८९ महिला छन् । बगनासकाली गाउँपालिकामा १९ हजार ८ सय ३९ कुल् मतदाता छन् । जसमा ९ हजार ५ सय ५ पुरुष र १० हजार ३ सय ३४ महिला छन् । माथागढी गाउँपालिकामा १९ हजार ३ सय ४७ मतदाता रहेका छन् । जसमा ९ हजार ४ सय ८० पुरुष र ९ हजार ८ सय ६७ महिला छन् । यस्तै रम्भा गाउँपालिकामा १७ हजार ६ सय ६३ मतदाता छन् । जसमा ८ हजार ४ सय ८७ पुरुष र ९ हजार १ सय ७६ महिला रहेका छन् । रिब्दीकोट गाउँपालिकामा १६ हजार ३ सय ९५ मतदादा छन् । जसमा ८ हजार ११ पुरुष र ८ हजार ३ सय ८४ महिला छन् । रैनादेवी छहरा गाउँपालिकामा १० हजार १ सय ३७ पुरुष र १० हजार ३ सय ४ महिला गरी २० हजार ४ सय ४१ जना मतदाता कायम भएको छ । उता रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदाता रहेका छन् । जसमा १३ हजार ७ सय ६२ पुरुष र १५ हजार ३ सय ५ महिला छन् ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update