Erani Mahal
निस्दीको अर्चलेमा राष्ट्रिय युवा संघ गठन
youth
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा नेकपा (एमाले) निकट युवाहरुको भेला शनिवार भएको छ । युवा संघ जिल्ला कमिटीका सदस्य कृष्ण बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना निस्दी संगठन कमिटीका सचिब तथा ६ नम्बर वडाका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्नुहुदै सुनारीले गाउँको बिकास गर्न युवाहरुको भुमिका महत्त्वपूर्ण रहने भन्दै एमालेको आफ्नो गाउँ आफै बनाऔं मुख्य नारा वर्तमान समयमा महत्त्वपूर्ण रहेको बताउनुभयो । यसैगरी वडा कमिटी महेन्द्र बयम्बुले युवाहरुको प्रतिनिधित्व नेकपा एमालेले गरेको भन्दै आवश्यक सहयोग दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँ कमिटी सदस्य नेम बहादुर सार्की,खेम बहादुर बिक लगायतकाले बोल्नुभएको थियो । भेलाले सन्दीप बयम्बुको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय युवा संघ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मोहन बयम्बु, सचिबमा चुरा बहादुर बयम्बु,उपसचिवमा जोक्खुबिर बयम्बु र कुल बहादुर ठाडा र अन्य सदस्यमा रहनुभएको छ । मोहन बयम्बुको स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सन्चालन चुरा बहादुर बयम्बुले सन्चालन गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update