Erani Mahal
अर्थतन्त्रकाे समस्या सुधार्न संचित रकम बैँकलाई प्रयोग गर्न दिनुपर्छ : पूर्व गभर्नर डा. नेपाल
rre
पाल्पा – नेपाल राष्ट्र बैँकका पूर्व गभर्नर डा. चिरन्जीवि नेपालले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गर्न सरकारले संचित रकम बैँक तथा वित्तिय संस्थाहरूलाई प्रयोग गर्न दिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बिहीबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व गभर्नर डा. नेपालले सरकारसँग भएको संचित रकम केन्द्रीय बैँकको समन्वयमा बैँक तथा वित्तिय संस्थाहरू वितरण गर्नुपर्ने बताउनुभयो । सरकारसँग ढुकुटीमा भएको रकम ऐननियम परिमार्जन गरेर भएपनि प्रयोगमा ल्याउनुपर्नेमा पूर्व गभर्नर डा. नेपालको भनाई छ । कोभिडका कारण अत्याधिक लगानी हुनु, दातृ निकायको सहयोग कम हुनु, रेमिट्यान्स घट्नु र रसिया युक्रेन युद्धका कारण नेपालमा आर्थिक समस्या देखिएको नेपालको भनाई छ । डा. नेपालले अध्यादेशमार्फत भएपनि समस्या फुकाउनुपर्नेमा र त्यसले देशको आर्थिक छवी समेत सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय विभिन्न देशले संचिती बढाउँदै लगेकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने र वैदेशिक सहायता, रेमिट्यान्स भित्र्याउनेतर्फ सरकार लाग्नुपर्नेमा उहाँको सुझाव छ । विदेशमा बस्ने र रोजगार गर्ने नेपालीले विदेशमै आफ्नो लगानी सुरक्षित देखेका कारण उनीहरूको कमाइ विदेशमै लगानी बढेको उहाँले उल्लेख गर्नुभयो । विदेशमा भएका नेपालीलाई स्वदेशमा रकम भित्र्याउन सरकारले नयाँ प्याकेज ल्याउनुपर्नेमा उहाँको भनाई छ । अहिले इन्टरनेटको माध्यम्बाट हुने क्रिप्टोकरेन्सीजस्ता कारोबारलाई रोक्न नसक्ने बरु त्यसलाई तत्काल व्यवस्थापन गर्न जरुरी रहेको नेपालले बताउनुभयो । स्वदेश र विदेशमा रहेका नयाँ पुस्ता क्रिप्टोकरेन्सी कारोबारमा आबद्ध भइरहेका छन् डा. नेपालले भन्नुभयो यसलाई अब रोक्ने होइन, नेपाल आफैँले त्यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । गभर्नर नेपालले पाल्पाको विकासका लागि सिद्धबावा सडकको सुधार वा वैकल्पिक सडक नै भएको बताउनुभयो । उहाँले सिद्धबावा सडक ठीक हुने बित्तिकै पाल्पाको विकास स्वतहः हुने विस्वास गर्नुभयो । पत्रकार सम्मेलन महासंघका अध्यक्ष रेखीराम रानाकाे अध्यक्षता, उपाध्यक्ष भरत शर्माकाे स्वागत र काेषाध्यक्ष मुक्तिप्रसाद न्याैपानेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update